Dhulikhel Eco Banner new

प्रभु बैंक र डिश मिडिया नेटवर्क बिच सेवा विस्तार तथा आकर्षक छुट

4.93K
shares

काठमाडौं, २२ भदौ । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि.का बिच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

प्रभु बैंक लि. को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र डिश मिडिया नेटवर्क बिच सम्पन्न उ सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्नू हुने ग्राहक महानुभावहरुले डिश होम टी.भीÞ र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् ।

डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी,डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।