Dhulikhel Eco Banner new

सन्दीप लामिछाने कालो सूचीमा

4.6K
shares

काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानलेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । नाबालिका बलात्कारको आरोप लागेको लामिछानेलाई नेपाल आउन साथ पक्राउ गर्ने गरी कालो सूचीमा राखिएो हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंले २३ भदौमा पक्राउ पुर्जी जारी गरेको थियो । उनले केन्या भ्रमणमा जानुभन्दा अघिल्लो दिन एक बालिकालाई बलत्कार गरेको आरोप लागेको छ । उनी केन्याबाट क्यारेवियन प्रिमियर लिग खेल्नका लागि वेष्टइन्डिज गएका थिए ।

बलत्कारको आरोप लागेका सन्दीपलाई उनी आबद्ध रहेको टोलीले पनि टिमबाट हटाएको थियो ।