११ अंकले घट्यो नेप्से परिसुचक, १ अर्ब पनि पुगेन कारोबार
वि.सं.२०७९ भदौ २६ आइतवार १५:१२
4.72K
shares
shares

काठमाडौं, २६ भदौ । साताको पहिलो कारोबोरको दिन नेप्से परिसुचक ११ दशमलव ४६ अंकले घटेको छ ।
आइतबार नेप्से परिसुचक शुन्य दशमलव ५९ प्रतिशतले ओरालो लागेर १९२६ दशमलव २८ को बिन्दुमा रोकिएकोे छ ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव शुन्य ६ अंकले घटेको छ ।
आज दिनभर भएका २० हजार १ ससय २४ कारोबारबाट २२१ कम्पनीका २५ लाख २४ हजार २ सय २४ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण काराबार रकम ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ पुगेको छ ।


















