Dhulikhel Eco Banner new

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित भोलि अन्तिम दिन

4.41K
shares

काठमाडौं, २७ भदौ । सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि मंगलवार रहेको छ ।

फण्डले नगद लाभांश वितरणको लागि भदौ २९ गते बुक क्लोज गरेकाले भदौ २८ गते अर्थात भोलि मंगलवारसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।

फण्डले आर्थिक वर्ष २०७८/०७९ का लागि ईकाइधनीहरूलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको छ ।