Dhulikhel Eco Banner new

जय नेपाल नजिकै भेटियो टुकुचा खोला

6.59K
shares

काठमाडौं, ३० भदौ । जय नेपाल हल नजिकै टुकुचा खोला भेटिएको छ । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको पर्खाल भत्काउँदा खोला भेटिएको हो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ । जसबाट लामो समयदेखि हराएको खोला भेटिएको हो ।