Dhulikhel Eco Banner new

संघ र प्रदेशको चुनावमा भाग लिने मतदाताको संख्या करिव दुई करोड

6.14K
shares

काठमाडौं, ३१ भदौ । आगामी मंसिरमा हुने प्रदेश र संघको चुनावमा करिब २ करोड मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता संख्या अनुसार आगामी चुनावमा १ करोड ७९ लाखभन्दा बढीले मतादानमा भाग लिन पाउने भएका हुन् ।

निर्वाचन आयोगले शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा रहेका छन् । त्यहाँ ७ लाख ३५ हजार ५२५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ७७९ जना रहेका छन् । यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा ८३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।