भारी वर्षाको सम्भावना
वि.सं.२०७९ असोज २ आइतवार ११:२०
3.82K
shares
shares

काठमाडौं २ असोज । देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका तराई भू भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
















