Dhulikhel Eco Banner new

नबिल बैंकका सीईओ सहित तीन बैंकरलाई पदक

6.94K
shares

काठमाडौं, ३ असोज । संविधान दिवसको अवसरमा सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना सहित तीन जाना बैंकरलाई सरकारले पदकद्धारा विभूषित गर्ने भएको छ । सीईओ ढुंगाना सहित एनएमबी बैंकका सीईओ सुनिल केसी र बैंकर शिक्षा भट्टचनलाई पदक प्रदान गरिने भएको हो ।

नबिलका सीईओ ढुंगाना र एनएमबिका सीईओ केसीलाई सरकारले प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको हो । त्यस्तै बैंकर शिक्षा भट्टचनलाई विकास रत्न प्रदान गरिने भएको हो ।