Dhulikhel Eco Banner new

महासंघका बरिष्ठ उपाध्यक्ष ढकाललाई सुकिर्तिमय राष्ट्रदिप

4.03K
shares

काठमाडौं, ४ असोज । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सुकिर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा चर्चित व्यवसायी ढकाललाई सुकिर्तिमय राष्ट्रदिपबाट सम्मानित भएका हुन् ।

ढकाल चैत पछि स्वतः महासंघको अध्यक्ष बन्ने छन् । ढकाल अहिले आइएमई ग्रुपको अध्यक्ष समेत रहेका छन् । उनी ग्लोबल आइएमई बैंकको समेत अध्यक्ष हुन् । न्यून आर्थिक पृष्ठभूमिबाट आएका ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् ।