शेयर बजारमा हरियाली, बजार दोहोरो अंकले बढ्यो
वि.सं.२०७९ असोज ५ बुधवार १५:५८
shares

काठमाडौं, ५ असोज । शेयर बजारमा लामो समयदेखि हरियाली देखिएको छ । लगातार रुपमा ओरालो लागेको शेयर बजार बुधवार दोहोरो अंकले बढेको हो ।
केही दिनयता लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव २२ अंकले बढेको छ । बुधबार कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १८४८ दशमलव ८० अंकमा पुगेको छ । बुधबार २२६ कम्पनीका २५ लाख ३१ हजार कित्ता शेयर कारोबारबाट ७२ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ ।
बजार बढेको दिन बुधबार म्युचल फन्डबाहेक सबै समूहको शेयर सकारात्मक देखिएको छ । आज साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमवल ०१ अंकले बढेको छ । सन्सेटीभ इन्डेक्स बुधबारको कारोबार बन्द हुँदा ३६० दशमवल ८८ अंकमा पुगेको छ ।


















