Dhulikhel Eco Banner new

सुपर लघुवित्तको कामू सीईओ बुद्धिराम चौधरी पुनः पक्राउ

6.86K
shares

काठमाडौं, ७ असोज । सुपर लघुवित्तका कामू प्रमुख कार्यकारी अधिकृत पुन: पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको टाेलिले चौधरीलाई दाेस्राे पटक शुक्रबार पक्राउ गरेकाे हाे ।

प्रहरीले दिएको जानकारी अनुसार बुद्धिरामसहित सुपर लघुवित्तका ४ कर्मचारी शुक्रबार पक्राउ परेका छन् । संस्थामा ठूलो रकम अनियमितता गरेको अभियाेगमा बुद्धिरामलाई यस अघि पक्राउ गरी प्रहरीले करिब एक महिना हिरासतमा राखेको थियाे ।

रकम अनियमितताको मूख्य अभियुक्त भने अध्यक्ष किरण चौधरी हुन् । मूख्य अभियुक्त अध्यक्ष किरण फेला नपरेपछि यस अघि बुद्धिरामलाई प्रहरीले छाडेको थियाे ।