मलेसियामा रहेका श्रमिकका समस्या समाधानका लागि पहल गर्छु : नवनियुक्त राजदूत पौडेल
वि.सं.२०७९ असोज ७ शुक्रवार १९:०२
shares

७ असोज, काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल मलेसिया प्रस्तान गरेका छन् । राजदूतको कार्यभार सम्माल्न राजदूत पौडेले मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका हुन् ।
लेसियाका लागि राजदूत नियुक्त भएका पौडेलले भदौ २७ गते राष्ट्रपति समयौ पद तथा गोपनयताको शपथ लिएका थिए । राजदुत पौडेलले त्यहाँका राजा अब्दुल्लाह समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने छन् । दुई लाख भन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दुतावास लामो समय राजदुतविहिन रहेको थियो ।
दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदुत पौडेलले बताएका छन् । तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने बताएका हुन् ।
मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनको भनाइ छ । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।
नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने उनले बताए । नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनको भनाइ छ ।
पौडेललाई २०७८ साल चैत २४ गते बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
















