मुनाल सहकारीका निवर्तमान अध्यक्ष हुमागाई सम्मानित
वि.सं.२०७९ असोज ११ मंगलवार १९:४५
shares

पोखरा, ११ असोज । सञ्चार उद्यमी तथा मुनाल सहकारी संस्थाका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद हुमागाईं सम्मानित भएका छन् । मुनाल सहकारी संस्थाले वर्षभरि उत्कृष्ट कारोबार गरेको भन्दै हुमागाईंलाई सम्मान गरेको हो ।
सञ्चार क्षेत्रमा निकै लामो समयदेखि सक्रिय हुमागाईं सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा कार्यकारी निर्देशक पनि हुन । सञ्चार क्षेत्रका स्वच्छ र भद्र व्यक्तिको पहिचान बनाएका हुमागाईं २ दशक भन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय छन् । मुनाल सहकारीको संस्थाको निवर्तमान अध्यक्ष रहेका हुमागाईले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कारोबार गरेका थिए ।
मंगलबार पोखरामा आयोजित संस्थाको चौधौं वार्षिक साधारणसभामा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले हुमागाईंलाई दोसल्ला ओडाएर सम्मान गरे ।
कार्यक्रममा शेयर सदस्य कमल पाइजालाई उत्कृष्ट कर्जा उपभोगकर्ताको रूपमा सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी रितेश जी.सी. लाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।
संस्थाका कोषाध्यक्ष रमेशकुमार पौडेलले संस्थाको हालको शेयर पुँजी ५ करोड ३९ लाख ७६ हजार ७ सय रूपैयाँ, निक्षेप १५ करोड ८९ लाख ८ हजार ७ सय ३८ रहेको र शेयर सदस्यमा लगानी १८ करोड ८९ लाख ५३ हजार ८ सय ४४ रूपैयाँ रहेको जानकारी गराए भने लेखा समितिका संयोजक रोशनजंग कार्कीज्यूले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए


















