Dhulikhel Eco Banner new

माछापुच्छ्रे सेक्युरिटिजको साधारणसभा असोज २२ गते

5.72K
shares

काठमाडौं, १२ असोज । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको असोज २२ गते विशेष साधारणसभा हुने भएको छ । सेक्युरिटिजको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

साधारण सभाले कम्पनीको अधिकृतपूँजी, जारीपूँजी र चुक्तापूँजी वृद्धि गरी २० करोड पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

पूँजी वृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि साधारण सभाले गर्नेछ ।

पुराना ब्रोकर कम्पनीहरूले पनि आगामी असार मसान्तसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीका लागि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएकाले यस कम्पनी पूँजी वृद्धिमा जुटेको हो ।