Dhulikhel Eco Banner new

मोवाइलमा दच्छिना

11.4K
shares

मामा ! मामा ! यो दसैँमा टीका लाउन आउने,
भान्जालाई दच्छिना चैँ मोवाइलमा पाउने ।

नयाँ नोट साट्न धेरै लाम बस्नुपर्ने
पुरानु नोट खाममा पाए मन खिस्रिक्क पर्ने
नोटको जमाना गयो डिजिटल आयो
सजिलो छ भुक्तानी यो सहरगाउँ छायो ।

विदेशबाट बाको टीको भर्चुअल लाउने
बाले पनि ढोगाउनी चै मोवाइलमै पाउने
देश विदेशको भुक्तानीमा क्या सुविधा भा’छ
नोट हैन, दच्छिना त मोवाइलमा पाउछ ।

जहाँसुकै, चौविस घन्टै हो यो छिटो माध्यम
नोटै अब नचाहिने भो कारोबारको साधन
पैसा तिर्न नोट बोक्दै ठाउँठाउँ किन धाउने
नोट छाप्ने खर्च अब देश विकासमा लाउने ।

धेरै पछि मामाघरमा टीका लाउन आउने
यस पालिको दच्छिना चैँ मोवाइलमा पाउने ।