Dhulikhel Eco Banner new

कुमारी बैंकले गर्यो लाभांश घोषणा

4.28K
shares

काठमाडौं, १४ असोज । कुमारी बैंकले २०७८/७९सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले १२ दशमलव ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनसीसी र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले असोज १० गते मर्जरमा जान सम्झौता गरेका हुन् ।

मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले असोज ११ गतेदेखि दुवै बैंकको शेयर कारोबार रोक्का गरेको छ दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।