चन्द्रागिरीमा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु
वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:४८
4.37K
shares
shares

काठमाडौं, २१ असोज । काठमाडौंको चन्द्रागिरिमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर २ देउरालीमा रहेको ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि रहेका छन् । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । आज बिहानसम्म पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


















