कर्णाली, लुम्बिनी र सुदूरपश्चिमा ठूलो पानी पर्ने
वि.सं.२०७९ असोज २१ शुक्रवार ०८:०४
shares

काठमाडौं, २१ असोज । शुक्रबार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा हुने सम्भाबना रहेको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले यी तीन प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ । वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले खोला तर्दा सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।


















