यु–१७ एसियन कप छनोट : नेपाल भियतनामसँग खेल्दै
वि.सं.२०७९ असोज २१ शुक्रवार ०८:१४
shares

काठमाडौं, २१ असोज । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ । नेपाल र आयोजक भियतनाम बीचको खेल साँझ पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।
बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनामले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० गोलले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्न पाउने छन् ।


















