Dhulikhel Eco Banner new

युरोपा लिग फुटबल : म्यानचेस्टर युनाईटेड विजयी

3.82K
shares

काठमाडौं, २१ असोज । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले ओमोनियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

रोमान्चक खेलमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको ३४ औं मिनेटमा करिमले गोल गर्दै ओमोनियोलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा ओमोनियो पराजित भएको छ ।

खेलको ५३ औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई १–१ को बराबरीमा ल्याए । खेलको ६३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २–१ को बनाए । ८४ औं मिनेटमा रास्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा ओमोनियोका निकोलसले गोल गरेपनि युनाईटेड ३–२ गोल अन्तरले विजयी भयो । जितसँगै युनाईटेडले ३ खेलमा ६ अंक जोडेको छ । युनाईटेड समूह ई को दोस्रो स्थानमा रहेको छ । ओमोनियो अंक विहीन रहदै पुछारमा रहेको छ ।