Dhulikhel Eco Banner new

पार्टीका विभागमा नाफाखोरलाई जिम्मेवारी दिइएको भिम रावलको आरोप

4.59K
shares

काठमाडौं, २७ असोज । नेकपाका नेता डा.भिम रावलले पार्टीका विभागमा नाफाखोरहरुलाई जिम्मेवारी दिने काम भएको आरोप लगाएका छन् । चुनावमा टिकट नपाए पछि आज पत्रकार सम्मेलन आयोजना गरेर उनले केपी ओलीले पार्टीका विभागमा नाफाखोरलाई जिम्मेवारी दिइएको आरोप लगाएका हुन् ।

जिम्मेवारी दिने समयमा पार्टीमा लामो समय काम गरेका व्यक्तिहरुलाई बाइपास गरेर नाफाखोर, विचौलीया र अन्तराष्ट्रिय वित्तीय पुँजीवादका पृष्ठ पोषकलाई जिम्मेवारी दिएको आरोप लगाएका छन् । पार्टीमा टिकटका लागि आवज उठाएको भए पनि सुनुवाइ नगरेको आरोप लगाएका हुन् ।

पार्टी अध्यक्षसँग माफि माग्नु पर्छ भन्ने कुरा निकै दुर्भाग्यपूर्ण भन्दै पार्टी र जनताका लागि आवाज उठाउँदा टिकट नपाएको उनको भनाइ छ ।