शेयर बजारमा सामान्य सुधार, नेप्से १८७० विन्दुमा
वि.सं.२०७९ असोज २७ बिहीवार १५:४२
shares

काठमाडौं, २७ असोज । शेयर कारोबार हुने हप्ताको पाँचौ दिन बजार सामान्य बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ४ दशमवल १५ अंकले बढेको हो ।
बिहीबार नेप्से परिसूचक १८७० दशमलव ६३ विन्दुमा पुगेको छ । बिहीबार २२२ कम्पनीका २६ लाख ९८ हजार ३४७ कित्ता कारोबार भएको छ । सो कारोबारबाट ८२ कारोड ९६ लाख ४६ हजार ९२० रुपैयाँको कारोबार भएको छ । बिहिबार जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।
आज अभियान लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि १० प्रतिशतले बढेको लघुवित्तको शेयर आज पनि १० प्रतिशतले बढेको हो । आज क वर्गका कम्पनीको मापक सेन्सेटीभ इन्डेक्स पनि सामान्य बढेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमवल ९५ अंकले बढेर ३६७ दशमवल १४ विन्दुमा पुगेको छ ।
















