कात्तिक महिनामा बैंकको ब्याजदर नबढ्ने
वि.सं.२०७९ असोज २७ बिहीवार १७:५७
shares

काठमाडौं, २७ असोज । बैंकहरुले कात्तिक महिनामा बैंकको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघले कात्तिक महिनामा ब्याजदर नबढाउने निर्णय गरेसँगै बैंकको ब्याजदर नबढ्ने भएको हो ।
भदौ महिनासम्म ब्याजदर नबढाएको संघले असोज महिनामा भने ब्याजदर बढाएको थियो । असोज महिनामा ब्याजदर बढाउँदा पनि बैंकका निक्षेप नबढेकाले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेको संघले जनाएको छ ।
कोरोना महामारीपछिको २ वर्षमा कर्जाको ब्याज सस्तो हुँदा उपभोगका लागि ऋण लिने क्रम बढेको थियो । जसले गर्दा २ वर्षमा आयात करिब ४५ प्रतिशतले बढेको थियो । त्यसले गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति २ अर्ब २१ करोड डलरले घटेको थियो । विदेशी मुद्राको सञ्चिति बढाउनका लागि सरकारले विदेशबाट आयत हुने कही वस्तुमा अहिले पनि प्रतिबन्ध लगाउको छ ।
















