Dhulikhel Eco Banner new

सेबोनमा जागिर खुल्यो

5.19K
shares

कठमाडौं, २८ असोज । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले २३ जना कर्मचारीको माग गरेको छ । सेवोनले सूचना निकालेरे विभिन्न १७ पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि २३ जना कर्मचारी माग गरेको हो ।

बोर्डले निर्देशकदेखि बरिष्ठ सहायकसम्मको पदमा कर्मचारी माग गरेको छ । यी पदहरु अधिकृत द्वितीय, अधिकृत तृतीय, र सहायक प्रथमका श्रेणीका रहेका छन् । बोर्डले इच्छुक तथा योग्यता पुगेका व्यक्तिलाई कात्तिक १७ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै दोब्बर दस्तुर तिरेर कात्तिक २३ गतेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।