Dhulikhel Eco Banner new

महंगियो ऋणको ब्याजदर, लघुवित्त भन्दा बैंकको चर्काे

7.14K
shares

काठमाडौं, १ कात्तिक । बैंकहरुबाट लिइने ऋणको ब्याजदर महंगिएको छ । आजदेखि लागू हुने गरी ऋणको ब्याजदर महंगिएको हो ।

बैंकले हरेक त्रैमासमा आधार दर (बेस रेट) सार्वजनिक गर्नुपर्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको बेस रेट बढेकाले ऋणको ब्याजदर महंगिएको हो । सामान्य तया बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋणीसँग ब्याज लिने गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसार ‘क’ वर्गका बैंकहरुको बेस रेट करिब १० प्रतिशत रहेको छ । यो रेटमा ५ प्रतिशत प्रिमियम जोड्ने हो भने बैंकहरुले लिने ऋणको औसत ब्याजदर नै करिब १५ प्रतिशत हुन आउछ । अझ रोचक कुरा त, अधिकांश बैंकहरुको बेस रेट १० प्रतिशत भन्दा बढी छ ।

कतिपय बैंकहरुले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् । ११ प्रतिशत बेस रेट बैंकको बैंकले ७ प्रतिशत प्रिमियम जोड्दा १८ प्रतिशत हुन आउछ । यो भनेको लघुवित्तको भन्दा चर्को ब्याजदर हो । लघुवित्त वित्तीय संस्थाहरुले अहिले अधिकतम १५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउदैनन् । तर ‘क’ वर्गकै बैंकहरुको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने भएको छ ।

कुन बैंकको बेस रेट कति ?
सिभिल बैंक ११.१५
कुमारी बैंक १०.८७
सनराइज १०.८१
सेञ्चुरी बैंक १०.७५
सिटिजन बैंक १०.५५
एनसीसी बैंक १०.५२
मेघा बैंक १०.४६
माछापुच्छ्रे १०.३६
एनआइसी एशिया १०.३३
लक्ष्मी बैंक १०.३१
बैंक अफ काठमाण्डू १०.२८
नेपाल एसबीआई बैंक १०.०६
सानिमा बैंक १०.०४
एनएमबी बैंक १०.०२
ग्लोबल आइएमई बैंक १०.१
प्राइम बैंक ९.९९
नेपाल बैंक ८.९१
सिद्धार्थ बैंक ९.८५
प्रभु बैंक ९.६२
कृषि विकास बैंक ९.२७
एभरेष्ट बैंक ९.२५
नेपाल इन्भेष्टमेन्ट बैंक ९.१३
हिमालयन बैंक ८.८८
नबिल बैंक ८.७७
स्टयान्डर्ड चार्टर्ड बैंक ८.४५
राष्ट्रिय वाणिज्य बैंक ७.८६

Follow Up

‘बैंक र राष्ट्र बैंकको मिलेमतोमा उपभोक्ता महंगीको मारमा’

‘बैंक र राष्ट्र बैंकको मिलेमतोमा उपभोक्ता महंगीको मारमा’

‘ब्याजदर बढेका कारण व्यवसायी पलायन हुने अवस्थामा’

‘ब्याजदर बढेका कारण व्यवसायी पलायन हुने अवस्थामा’

‘बैंकलाई खुला छाड्दा समस्या भयो, व्यवसायीहरु हात खडा गरेर पलायन हुदैछन्’

‘बैंकलाई खुला छाड्दा समस्या भयो, व्यवसायीहरु हात खडा गरेर पलायन हुदैछन्’

२ वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा, लाभांश वितरण गर्नै नपाउने

२ वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा, लाभांश वितरण गर्नै नपाउने

५ वटा बैंकको शेयर कारोबार रोक्का

५ वटा बैंकको शेयर कारोबार रोक्का

‘बैंकको तरलता समस्या हटाउने किसिमबाट मौद्रिक नीति ल्याउनु पर्छ, नत्र उद्योग लिलाम हुने अवस्था छ’

‘बैंकको तरलता समस्या हटाउने किसिमबाट मौद्रिक नीति ल्याउनु पर्छ, नत्र उद्योग लिलाम हुने अवस्था छ’