Dhulikhel Eco Banner new

२८ लाख घुससहित खानेपानी तथा सरसफाई डिभिजनका इन्जिनियर पक्राउ

4.13K
shares

काठमाडौं, २ कात्तिक । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछाप ३ नम्बर कार्यालयका इन्जिनियर २८ रुपैयाँ घुससहित पक्राउ परेका छन् । डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत रकम लिएको खुलेको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको छ ।