Dhulikhel Eco Banner new

भुकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकका सीडीयो भन्छन–‘क्षेतिको कुनै विवरण आएको छैन’

4.95K
shares

काठमाडौं, २ कात्तिक । बुधबार दिउसो भुकम्पको धक्का महसुस भयो । सिन्धोपाल्चोक केन्द्रबिन्दु भएर भुकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको केन्द्रबिन्दु भएको सिन्धोपाल्चोकमा भने अहिलेसम्म क्षेतिको कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । ‘जिल्लाको उत्तरी क्षेत्रमा केन्द्रबिन्दु भएर भुकम्प गएको जानकारी प्राप्त भएको छ । क्षेतिको कुनै विवरण आएको छैन्,’ उनले भने ।

काठमाडौं उपत्यकामा धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।