रानीमहल नियाल्दै र्याफ्टिङ सरर
वि.सं.२०७९ कात्तिक ५ शनिवार १२:२५
shares

काठमाडौं, ५ कात्तिक । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा र¥याफ्टिङ नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिए ।
“पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्छन, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।”
तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् । रानीमहलमा दैनिक दुई सयभन्दा वढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् ।
स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गरेकि थिईनन। भन्छिन्, “मेरो घर नजिकै भएर पनि यहाँ र्याफ्टिङ सुविधा छ, भन्ने थाहा थिएन ।” चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनि बताउछिन ।
















