Dhulikhel Eco Banner new

बाल संरक्षण संजालले गर्यो बालबालिकाको अनाबश्यक संस्थागतीकरण सम्बन्धी कार्यक्रम

5.15K
shares

काठमाडौं, ६ कात्तिक । राष्ट्रिय बाल संरक्षण संजाल राष्ट्यि बाल संरक्षण संजाल को आयोजनामा “बालबालिकाको अनाबश्यक संस्थागतीकरणः बाल अधिकारको उल्लघंन “कार्यक्रम अल्फा हाउसमा सम्पन्न भएको छ ।

राष्ट्रिय बाल संरक्षण संजाल र हिमाली नबिन समाज र फर्गेट मी नट को सहकार्यमा भएको उक्त कार्यक्रम केन्द्रिय अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राष्ट्यि बाल अधिकार परिषद का पुर्ब कार्यकारि निर्देशक मिलन राज खरेल, एनएसिजीका कोचियर किरण थापा, एनसिपिएको निबर्तमान अध्यक्ष ऋतु भट्टराई, एनसिपिएको पुर्ब अध्यक्ष कृष्ण चन्द्र आचार्य, बाल संगठन को केन्द्रिय सदस्य एवं सिजप को निबर्तमान अध्यक्ष नरेन्द्र डंगोली सोनिया आचार्य लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मिलन खरेलले बिषेश संरक्षण आबश्यक रहेका बालबालिका लाई विषेश संरक्षण प्रदान गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दैै निती बिपरित रहेका र खुलेका बाल गृहहरुलाई अनुगमन गर्दै नियमित गर्नु पर्ने अबस्था आएको उल्लेख गरेका थिए ।

उनले सरकारले संचालन गरेको र गैर सरकारि क्षेत्रबाट संचालन भएको दिर्घ कालिन र अल्प कालिन संस्थागत बाल गृह मापदण्ड निर्धारण गरि संचालन भए नभएको र त्यहाँ रहेको बालबालिकाको अवस्थाको चित्रण बारेमा छलफल चलाउन आबश्यक रहेको बताएका थिए ।

एनएसिजी को कोचियर किरण थापाले एनएसिजी मा आबद्व संजालहरुले १७ बटा थिमेटिक क्षेत्रमा काम गरिरहेको बताउदै उनले बालबालिकाको लागी परिवार र समुदायमा आधारित बैकल्पिक हेरचाह अभियान साझा एजेन्डा बनाउने प्रतिबद्वता ब्यक्त गरेका थिए ।

एनसिपिए को निबर्तमान अध्यक्ष ऋतु भट्टराईले अबको कार्यदिशाको बारेमा उल्लेख गर्दैै संरक्षणमा नरहेका बालबालिकाको नियमित तथ्याकं अभिलेखिकरण, अनुगमन र तथ्यमा आधारित तथ्याकं, बाल संरक्षण प्रणालीको सुदृढिकरण बालबालिका र परिबारको अनाबश्यक बिछोडको न्युनिकरणमा कार्य गर्दै सबैले बालबालिकाको लागि परिबार अभियानमा कृयाशिल हुन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा हिमालय नबिन समाजको कार्यकारि निर्देशक डि बि लामा र ऋजा महर्जन अनाबश्यक संस्थागतीकरण र बाल अधिकार हननको बिषयमा नेपालको तथ्यांक सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

सिईएनएन को बिरेद्र शाहिले संस्थागत बाल गृहको अबस्थाको चित्रण गरे । कार्यक्रमको संचालन एनसिपिए को महासचिब ज्ञान भक्त महर्जन ले गरे ।

कार्यक्रमको अन्त्यमा एनसिपिए को अध्यक्ष प्रकाश खतिवडा ले सरकार लाई मापदण्ड अनुरुप बाल गृह संचालनको लागी अनुगमन गर्न आग्रह गर्नु हुदै हरेक बालबालिका लाई परिबार र पारिबारिक बाताबरणमा हुर्कन पाउने अधिकारको सम्मान गर्न आग्रह गरे ।

उनले परिबारमा र समुदायमा रहेका हरेक बालबालिकाको संरक्षण गर्न आग्रह गर्दैै बालबालिकाको लागि परिबार अभियानमा कृयाशिल हुन आग्रह गर्दै कार्यक्रमको समापन गरिएको थियो ।