Dhulikhel Eco Banner new

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ८१ करोडले बढ्यो

7.31K
shares

काठमाडौं, ७ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८१ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा भएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.३९ प्रतिशतले बढी हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.१० प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४१.१८ प्रतिशत र सञ्चालन मुनाफा ६९.२० प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ९.७४ प्रतिशत, निक्षेप ६.७१ प्रतिशत र कर्जा ०.०३ प्रतिशत बढेको छ ।