Dhulikhel Eco Banner new

८५ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा

5.12K
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुमारी बैंकको नाफा ८५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको खुद नाफा ८५.०७ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

त्यसैगरी, बैंकको जगेडा कोष समीक्षा अवधिमा १५.४४ प्रतिशत र कर्जा २.१४ प्रतिशत बढेको छ भने निक्षेप १.५८ प्रतिशत घटेको छ । कुमारीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।