पहिलो त्रैमासिकमा एनसीसी बैंकको नाफा घट्यो
वि.सं.२०७९ कात्तिक ७ सोमवार ०९:२०
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एनसीसी बैंक खुद नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.२४ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षमा बैंकको खुद नाफा घटेपनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकको यस्तो आम्दानी २०.३१ प्रतिशतले बढेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशले बढेको छ । सञ्चालन मुनाफा भने ०.२६ प्रतिशत घटेको छ ।
असोज महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा एनसीसीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ भने जगेडा कोष ९.४० प्रतिशत बढेको छ ।
















