Dhulikhel Eco Banner new

नबिल बैंकको नाफा ४१ प्रतिशतले बढ्यो

5.77K
shares

काठमाडौं, ७ कात्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नबिल बैंकको मुनाफा ४१ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरतण अनुसार बैंकको नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड १५ लाख पुगेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

नाफा बढेपनि बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २.२९ प्रतिशत बढेको छ भने निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशत बढेको छ ।