Dhulikhel Eco Banner new

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी

6.18K
shares

काठमाडौं, १५ कात्तिक । बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

सेमिनारमा कराँते खेलका ख्याती प्राप्त प्रशिक्षकसमेत रहनुभएका जापान गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनकोसमेत उपस्थिीति रहने आयोजक संस्था जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका संस्थापक अध्यक्ष केबी रानाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष रानाले भने, “विश्वमै प्रख्यात कराँतेका मास्टर वातानावे लुम्बिनी आउँदै छन । उनले त्यहाँ पाँच दिन सम्म सेमिनारमा सहभागीलाई कराँते खेलको कौशल र ज्ञान सिकाउनेछन ।”

पत्रकार सम्मेलनमा कराँतेका मुख्य सल्लाहकार भरतबहादुर केसीले अन्तर्राष्ट्रिय खेलकुद जगतमा नाम कमाउन सफल बुबिसिमा मास्टर गरेका मास्टर केन्सी हिदियो वातानावेको उस्थतिले नेपालका सबै कराँते खेलाडी उत्साहित र गौरावान्वित बनाउने बताए ।