Dhulikhel Eco Banner new

राजधानी दैनिकका सम्पादकलाई पत्रकार महासंघले सोध्यो स्पष्टिकरण

6.94K
shares

काठमाडौं, १५ कात्तिक । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई नेपाल पत्रकार महासंघले २४ घण्टे स्पष्टिकरण सोधेको छ । महासंघको ललितपुर शाखाले पत्रकारको हकहितका विरुद्ध सक्रिय रहेको भन्दै स्पष्टिकरण सोधेको हो ।

सम्पादक पण्डित महासंघको ललितपुर शाखाका साधारण सदस्य हुन् । महासंघको सदस्य भएर पनि श्रमजीवि पत्रकारहरुलाई धाकधम्की दिइएको पाइएपछि किन कारबाही नगर्ने भनेर स्पष्टिकरण सोधिएको शाखाका सचिव रामहरी कार्कीले बताए । महासंघको विधानको दफा (३) उलंघन गरेकाले विधानको दफा १८ को (३) (च) अनुसार स्पष्टिकरण सोधिएको उनले बताए ।

पत्रकारहरुले तलब नै नपाएपछि केही समय अघि राजधानीमा आन्दोलन भएको थियो । सचिव कार्कीका अनुसार श्रमजीवि पत्रकारहरुको आन्दोलनमा साथ दिनुको सट्टा सम्पादक पण्डितले पत्रकारलाई उल्टै धाकधम्की दिएका थिए । स्पष्टिरकण पछि थप कारबाही प्रक्रिया अघि बढ्ने सचिव कार्कीले बताएका छन् ।