राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
वि.सं.२०७९ कात्तिक २६ शनिवार ११:२२
shares

काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश आएकि छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरे ।
महिला राजनीतिज्ञहरुको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स डब्लुपीएल’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकि थिईन । सो अवसरमा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत सहभागी थिईन ।



















