Dhulikhel Eco Banner new

तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्न सर्वोच्चको आदेश

4.63K
shares

काठमाडौं, २८ कात्तिक । ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार रहेकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारी कायमै रहेने भएको छ । सर्वोच्च अदालतले उम्मेदवारी कायमै रहने आदेशलाई निरन्तरर्ता दिएसँगै उनको उम्मेदवारी कायमै रहने भएको हो ।

निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । कार्कीले सरकारी लाभको पदमा हुँदा हुँदै उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको घोषणा गरेको थियो ।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन् । न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो । तर यो आदेशको खारेजीको माग गरेर आयोगले भ्याकेट निवेदन दिएको थियो । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।