सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ साउन २८ बिहीवार १५:२६
shares

काठमाडौं, २८ साउन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७२ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.४५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६/८७का लगानीकर्ताले ५.५८ प्रतिशतका दरले गुमाएका छन् भने १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ५.५६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६का लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका छन् ।















