सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ साउन २८ बिहीवार १५:०६
shares

काठमाडौं, २८ साउन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७२ करोड कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि शेयर बजारमा १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १०.४५ प्रतिशतका दरले गुमाएका छन् ।
















