Dhulikhel Eco Banner new

हनरले सार्वजनिक गर्‍यो रोबोट फोन, मोबाइल फिल्ममेकिङमा नयाँ युग

637
shares

काठमाडौं, २८ साउन । विश्वकै अग्रणी एआई डिभाइस इकोसिस्टम कम्पनी हनरले बहुप्रतीक्षित हनर रोबोट फोन सार्वजनिक गरेको घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ श्रेणी सिर्जना गर्ने यो स्मार्टफोनले प्रिमियम स्मार्टफोन डिजाइनमै पूर्ण रूपमा मोटराइज्ड तीन(अक्षीय मेकानिकल गिम्बल एकीकृत गरेको छ।

यसले परम्परागत मोबाइल प्रविधिको सीमालाई तोड्दै स्मार्टफोनलाई सक्रिय एआई उपकरण तथा शक्तिशाली मोबाइल प्रोडक्सन स्टुडियोका रूपमा प्रयोग गर्न सकिने बनाएको कम्पनीको दाबी छ।

हनर रोबोट फोनमा हनर टाइटेनियम एजाइल गिम्बलसहितको कम्प्याक्ट ४(डीओएफ मेकानिकल सिस्टम रहेको छ। ६० वटा निर्माण प्रक्रियामार्फत विकसित गरिएको यस प्रणालीमा १०० भन्दा बढी प्रेसिजन कम्पोनेन्ट समावेश छन् भने १०० भन्दा बढी पेटेन्टले यसलाई समर्थन गरेको कम्पनीले जनाएको छ।

व्यावसायिक सिनेमाका क्यामेरा डिजाइन गर्ने विश्वप्रसिद्ध कम्पनी एआरआरआई र हनरबीचको सिनेमाटिक इमेजिङ पार्टनरसिपअन्तर्गत यो पहिलो प्रमुख उत्पादन उपलब्धि भएको बताइएको छ। सामान्य फिल्टरमा मात्र सीमित नरही रोबोट फोनमा एआरआरआईको इमेज साइन्स तथा व्यावसायिक सिनेमाटिक वर्कफ्लोका चयनित प्रविधिलाई स्मार्टफोनका लागि अनुकूलित गरिएको छ।

क्यामेरा प्रणालीतर्फ फोनमा डुअल २०० मेगापिक्सेल क्यामेरा सेटअप रहेको छ। मुख्य क्यामेरामा १र१.२८ इन्चको सेन्सर, एफर १.६ एपर्चर र एजाइल गिम्बल सिस्टम दिइएको छ। त्यस्तै, २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामेरामा १र१.४ इन्चको सेन्सर र २।७ गुणासम्मको अप्टिकल जुम उपलब्ध छ।

प्रदर्शनका लागि स्न्यापड्रागन ८ एलिट जेन ५ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। यसले एआई प्रोसेसिङ, इमेजिङ तथा मल्टिटास्किङमा फ्ल्यागशिप स्तरको प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ।

फोनमा ७,०६० एमएएच नेक्स्ट जेनेरेसन हनर सिलिकन–कार्बन ब्याट्री राखिएको छ। यसले १२० वाट तारयुक्त तथा ५० वाट ताररहित हनर सुपरचार्ज सपोर्ट गर्छ।

डिजाइनतर्फ रोबोट फोनमा एन्ड्रोइड–फर्स्ट अल–मेटल इन्टिग्रेटेड मोल्डिङ युनिबडी डिजाइन रहेको छ। फोनमा ६.३१ इन्चको एलटीपीओ ओएलईडी हनर एआई आई कम्फर्ट डिस्प्ले दिइएको छ, जसलाई हनर नानोक्रिस्टल शिल्डले सुरक्षा प्रदान गर्छ।

डिस्प्लेले १ देखि १२० हर्जसम्मको अनुकूली रिफ्रेस रेट सपोर्ट गर्छ भने यसको अधिकतम ब्राइटनेस ६,८०० निट्ससम्म पुग्छ। लामो समयसम्म प्रयोग गर्दा आँखामा पर्ने असर कम गर्न ४३२० हर्ज पीडब्लूएम डिमिङलगायत विभिन्न आई–कम्फर्ट प्रविधि पनि समावेश गरिएको छ।

हनरका अनुसार रोबोट फोन परम्परागत स्मार्टफोनभन्दा अगाडि बढ्दै एआई, रोबोटिक्स र सिनेमाटिक इमेजिङलाई एउटै डिभाइसमा एकीकृत गर्ने नयाँ पुस्ताको स्मार्टफोनका रूपमा आएको हो।