Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, नेप्से परिसुचक २१ अंकले बढ्यो

4.77K
shares

काठमाडौं, २८ कात्तिक । साताको दोस्रो कारोबारको दिन भने नेप्से परिसुचकमा सामान्य सुधार आएको छ ।

हिजो ओरालो लागेको शेयर बजारमा आज भने सुधार भएको हो । आइतबार नेप्से परिसुचक २१ दशमलव २६ अंकले उकालो लागेको छ । परिसुचक १ दशमलव १३ प्रतिशतले वृद्धि भई १९०४ दशमलव ४३ को विन्दुमा पुगेको छ ।

यस्तै नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५० अंकले बढेको छ । आज दिनभर भएका १७ हजार ७ सय ६५ कारोबारबाट २२६ कम्पनीका २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ पुगेको छ ।