Dhulikhel Eco Banner new

हिमालयन डिष्लिटरीले पहिलो तीन महिनामा कमायो २१ करोड १७ लाख नाफा

4.46K
shares

काठमाडौं, २९ कात्तिक । हिमालयन डिष्लिटरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो।

गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा बिक्री बढेपनि गत वर्षकोभन्दा चालु वर्षको बिक्री लागतका साथै प्रशासनिक तथा वित्तीय खर्च बढेका कारण खुद नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२।२९ प्रतिशत बढेको छ भने कुल नाफा ५.१९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी ५.९५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.४४ प्रतिशत बढेको छ।

नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने ४० रुपैयाँ ५६ पैसा घटेर ५६ रुपैयाँ ८४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसकेका कारण कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६० गुणा रहेको छ।