Dhulikhel Eco Banner new

सांग्रिला बैंकको कल सेन्टरको रुपमा सांग्रिला कस्टोमर केयर सञ्चालनमा

5.56K
shares

काठमाडौं, ३० कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई सुविधा पुर्‍याउने उद्देश्यले कल सेन्टर सांग्रिला कस्टोमर केयर इकाइको सुरुवात गरेको छ । कल सेन्टरको सुरुवातको उद्देश्य ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, पर्न गएको असुविधा र द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु हो ।

यो सेवा सुरुवातसँगै ग्राहकका विभिन्न समस्या र जिज्ञासाहरु सहज रुपमा समाधान हुने विश्वास बैंकको छ । यो इकाईको मुख्य उद्देश्य आफ्ना यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं. मार्फत बैंकमा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवासंग सम्वन्धित समस्याहरु समाधान गर्न सक्नेछन् । ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि विहिवार विहान ९ः ३० देखि वेलुका ५ ः ३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३: ३० सम्म लिन सक्नेछन् ।

बैंकले तोकेको फोन नम्बरमा फोन गरेर बैंकको बचत तथा मुद्दति खाताका ब्याज दर, एटिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गमा देखिएका समस्याहरुको समाधनका उपाय, बैंक खुल्ने दिवा तथा सन्ध्याकालिन सेवाका विषयमा जानकारी दिन सकिने छ । त्यस्तै बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धी जानकारी लगायतका जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिनेछ ।

यस इकाइको शुरुवात भए प्रश्चात ग्राहकले घरमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलोसंग प्राप्त गर्न सक्ने छन् । यसबाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस इकाइका कर्मचारीहरुले पुनः ग्राहकवर्गलाई कल व्याक गरी समास्याहरुबारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको पनि बैंकले जनाएको छ ।

यदि यो इकाइबाट समस्या समाधान हुन नसकेको अवस्थामा सबन्धित विभागमा सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकको नेपालभरमा जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरुले केन्द«मा रहेको यस इकाइ मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्नेछन् ।