सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल, व्यक्तिगत तर्फ विजय शाह
वि.सं.२०७९ मंसिर ७ बुधवार ११:४१
shares

काठमाडौं, ७ मंसिर । सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सरकारले विभिन्न १५ वटा विधामा सम्मान गर्दा संस्थागत तर्फ सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी बनेको छ । त्यस्तै व्यक्तिगत तर्फ भने विजय बहादुर शाहले सबैभन्दा बढी कर तिरेका छन् ।
सरकारले कर दिवसको अवसरमा विभिन्न कम्पनी र व्यक्तिहरुलाई सम्मान गरेको हो । जसमा धेरै आयकर तिर्ने कम्पनीमा नेपाल दुरसचार कम्पनी (एनटीसी) सम्मानीत भएको छ । त्यस्तै सर्वाधिक निर्यात गर्ने तर्फ शिवशक्ति घ्यु रहेको छ ।
त्यस्तै राजेश मेटल क्राफ्टलाई विशेष सम्मान प्रदान गरिएको छ । कृषित र्फ ओसिबी फिड्स एन्ड फुडलाई सम्मान गरिएको छ । यता लघुवित्त तर्फ छिमेक लघुवित्त वित्तीय संस्थालाई सम्मान गरिएको छ । बैंकमा सर्वाधिक कर तिर्नेमा नबिल बैक सम्मानीत भएको छ ।
सबैभन्दा बढी कर तिर्ने बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, सर्वाधिक कतर तिर्ने स्वास्थय सेवा प्रदायक संस्थामा नोबेल टिचिगं हस्पिटल, पर्यटन तर्फ धेरै कर तिर्नेमा मनकामना केवलकार प्राली, वस्तु व्यापारमा हंसराज हुलास चन्द एण्ड कम्पनी प्राली र उर्जा तर्फ चिलिमे जलविद्युत कम्पनी परेका छन् ।
रेमिटेन्स भित्र्याउनेमा आइएमईका अध्यक्ष चन्द्र ढकाल, मोटरसाइकल बेच्नेमा शेखर गोल्छा सम्मानित भएका छन् । यता मध्यम स्तरीय करदातामा नेपाल धितोपत्र बिनिमय बजार लि(नेप्से) र सबैभन्दा धेरै भ्याट तिरेर गोर्खा ब्रुअरी सम्मानित भएको छ ।

















