Dhulikhel Eco Banner new

जमानत समेत जोगाउन सकेनन् लक्ष्मणलाल कर्णले

4.08K
shares

काठमाडौं, ७ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । सत्ता गठबन्धनको समर्थनमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका कर्णको जमानत जफत भएको हो ।

चौथो स्थानमा रहेका कर्णले १ हजार १ सय १७ मत प्राप्त गरे । पर्सा १ मा जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतसहित विजयी बनेका छन् । कांग्रेसले कर्णलाई समर्थन गरेपछि रुष्ट बनेर बागी उम्मेदवार दिएका नेपाली कांग्रेसका अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गरे ।

प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार उम्मेदवारले जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । पर्सा क्षेत्र नम्बर १ मा ५१ हजार ३ सय ७९ मत खसेको थियो । बदर मत घटाउँदा पनि झन्डै ५ हजार मत ल्याउनुपर्नेमा कर्णको १ हजार १ सय १७ मतमात्रै ल्याए ।