Dhulikhel Eco Banner new

साना किसान विकास लघुवित्तले २७ प्रतिशत लाभांश दिने

5.2K
shares

काठमाडौं, २० मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रहेको छ ।

सो पूँजीको आधारमा कम्पनीले बोनस शेयर वापत रू. ४० करोड ६७ लाख ४७ हजार र नगद लाभांश वापत रू. २ करोड १४ लाख ७ हजार वितरण गर्ने तयारी गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षभन्दा बढी लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।