Dhulikhel Eco Banner new

सिभिल क्यापिटलले मंसिर २१ गते साधारणसभा गर्ने

3.76K
shares

काठमाडौं, २० मंसिर । सिभिल क्यापिटल मार्केट लिमिटेडले चौधौं वार्षिक साधारणसभा मंसिर २९ गते गर्ने भएको छ ।

कम्पनीले सभा सिटिसी मल सुन्धारा, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने जानकारी दिएको छ ।सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यस क्यापिटल र अन्य कुनै पनि उपयुक्त संस्था एक आपसमा गाभ्नेर गाभिनेसम्बन्धी आवश्यक कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।