Dhulikhel Eco Banner new

शेयर बजार घट्ने क्रम जारी, आज ९६ करोडको मात्र कारोबार

5.37K
shares

काठमाडौं, २० मंसिर । साताको तेस्रो कारोबारको दिन पनि नेप्से परिसुचक ओरालो लागेको छ । आज परिसुचक ४ दशमलव ८७ अंकले ओरालो लागेको हो ।

मंगलबार नेप्से परिसुचक शुन्य दशमलव २५ प्रतिशतले ओरालो लागेर १९३३ दशमलव ८८ को विन्दुमा रोकिएको हो । नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५६ अंकले घटेको छ ।

आज दिनभर भएका १९ हजार १ सय २१ कारोबारबाट २ सय ३८ कम्पनीका २५ लाख ८१ हजार ४ सय २५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनभर भएको सम्पूर्ण कारोबार क्म ९६ करोड ५२ लाख १० हजार ८ सय ९९ पुगेको छ ।