Dhulikhel Eco Banner new

दुई कम्पनीको शेयर कारोबार रोक्का

3.95K
shares

काठमाडौं, ७ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार बिहीवारदेखि रोक्का गरेको हो ।

दुवै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको हो ।