आईपीओको प्रस्ताव पारित गर्न पुवा खोला वान हाइड्रोपावरले बोलायो साधारणसभा
वि.सं.२०७९ पुस ९ शनिवार १२:२०
shares

काठमाडौं, ९ पुस । पुवा खोला वान हाइड्रोपावर लिमिटेडले पाँचौ वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएको छ । सभा बिहान १० बजे युनियन हाउस प्रा.लि अनामनगर काठमाडौंमा बिहान १० बजे गर्ने कम्पनीले जनाएको छ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान हिसाब नगद प्रवाह लगायतका विभिन्न वित्तीय सूचकहरुमाथि छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।















